राष्ट्रपतिको स्वविवेकीय अधिकारमाथि कतै उजुरी लाग्दैन : प्रधानमन्त्री ओली

84
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ लाई राष्ट्रपतिले स्वविवेकको रुपमा प्रयोग गर्न सक्ने संवैधानिक व्यवस्था रहेको र यसविरुद्ध कतै उजुरी नलाग्ने बताएका छन् ।

आइतबार पत्रकार सम्मेलनमा बोल्दै ओलीले संविधानको संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गतको सरकार बन्न समय दिएर, दावी परेर, दावी सदर हुन नसक्ने अवस्था देखेपछि राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गरी फिर्ता गरेको बताएका छन् ।

उनले भने, ‘संविधानमा राष्ट्रपतिको स्वविवेकीय अधिकार प्रयोग गर्ने यो मात्रै ठाउँ हो । यसविरुद्ध कहीँ उजुरी लाग्दैन, कहीँ हेरफेर गर्न मिल्दैन’।’

त्यस्तै, उनले कांग्रेसले प्रचण्ड पथ मानेर सत्ता कब्जाको बाटोमा अघि बढेको देख्दा ताजुब लागेको जनाएका छन् ।