न्युज अफ नेपाल काठमाडौं ।
प्रतिनिधि सभा विघटनविरूद्ध प्रदर्शनमा उत्रिएका नेविसंघका नेतालाई प्रहरीले पक्राउ गरेको छ। आज बानेश्वरबाट नेविसंघ पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलगायतलाई प्रहरीले पक्राउ गरेको हो।
त्रिपाठीलाई विनाशर्त रिहाइ गर्न नेविसंघ महामन्त्री दीपक भट्टराईले माग गरेका छन्। नेविसंघ अध्यक्ष राजिव ढुंगानाले युवा तथा विद्यार्थीलाई प्रतिनिधि सभा विघटनविरूद्ध प्रदर्शनमा उत्रिन निर्देशन दिएपछि देशका विभिन्न भागमा राँके जुलुस, पुतला दहनलगायत प्रदर्शन भइरहेका छन्।
निषेधाज्ञा र कोरोना महामारीबीच पनि बाध्य भएर आफूहरू प्रदर्शनमा उत्रिनुपरेको महामन्त्री भट्टराई बताउँछन्। राष्ट्रपति र प्रधानमन्त्री मिलेर गैरसंवैधानिक काम गरेको भन्दै नेविसंघ विरोधमा उत्रिएको हो।
प्रतिक्रिया