जसपाका नेता ठाकुर–महतो समूहमाथि स्पष्टीकरण सोध्ने निर्णय


न्युज अफ नेपाल ,काठमाडौं ।

जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव समूहको कार्यकारिणी समितिको बैठकले अध्यक्ष महन्थ ठाकुर-राजेन्द्र महतोलगायतका नेताहरूमाथि कारवाही थालेको छ ।

शनिबार बसेको अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराई पक्षमात्र सहभागी भएको बैठकले चार नेतामाथि स्पष्टीकरण सोध्ने र केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिगामी कदमलाई साथ दिनेहरूमाथि छानबिन गर्ने निर्णय गरेको हो।

पार्टीको निर्णय विपरीत संसदीय दलको नेता गठन गरिएको भन्ने कुरालाई पनि यादव समूहले गलत रहेको ठहर गरिएको छ । ५१ सदस्यीय कार्यकारिणी समितिको बैठकमा ३० जना भौतिक रुपले उपस्थित रहेको तथा २ जना भर्चुअल रुपमा सहभागी भएको बताइएको छ । साथै, एकलौटी रुपमा संविधान संशोधनका लागि बनाइएको कार्यदललाई पनि यादव पक्षको बैठकले खारेज गरेको छ ।