राष्ट्रपति कार्यालको वेबसाइटमा साइबर हमला, जेठ १ पछिका विज्ञप्ति गायब


न्युज अफ नेपाल काठमाडौं ।

राष्ट्रपति कार्यालयको वेबसाइटमा जेठ महिनामा अपलोड भएका विज्ञप्तिहरू अचानक हराएका छन् ।   राष्ट्रपति कार्यालयको वेबसाइट  https://president.gov.np/  मा अपलोड भएका प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको मिति तोकिएकोबारे लगायतका विज्ञप्तिहरु हराएका हुन ।

उनीहरकाे सानो प्राविधिक गल्तीका कारणले ती सूचनाहरू हराएको र अहिले फेरि आइसकेको राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव रूपनारायण भट्टराईले जानकारी दिए ।  वेबसाइटमा शनिबार राति १: ४८ अपलोड भएको प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको मिति तोकेको र त्यही रात ११:३८ मा अपलोड भएको प्रधानमबन्त्री नियुक्ति सम्बन्धको विज्ञप्ति पनि हराएपछि यसबारे आम चासो बढेको थियो।