ताप्लेजुङको तोक्पेगोलामा र्यासा संकलनको तयारी


दिलकुमार लिम्बु, ८ जेठ,ताप्लेजुङ

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका गाउँपालिका—५ तोक्पेगोला क्षेत्रमा र्यासागुम्बा संकलनको तयारी भईरको छ । गत २० जेठबाट र्यासाकुम्बा संकलन खुल्ला गर्ने तयारी भएको हो ।

ताप्लेजुङको एक मात्र क्षेत्रमा र्यासाकुम्बा संकलन हुदै आएको यस वर्ष हिउँ त्यतिकै जमेर रहेकाले अलिक ढिलो खुल्ला गर्न लागेको हो । गत जेठ २० गते देखि मात्र संकलन खुल्ला गर्ने तयारी भएको तोक्पेगोला सामूदायिक वन उपभोक्ता समितिका अध्यक्ष तेन्जीङ शेर्पाले बताउनुभयो । समुन्द्र सतह देखि ४ हजार ५०० मिटर उच्चाई भएको क्षेत्रमा र्यासाकुम्बा संकलन हुने गरेको शेर्पाले बताउनुभयो ।विग देखि नै तोक्पेगोला क्षेत्र भएको र्यासा संकलन गर्न अनुमति तोक्पेगाला सामूदायिक वन उपभोक्ता समितिले मात्र दिदै आउको अध्यक्ष शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो“कोभिडको कारणले अघिल्लो वर्ष पनि धेरै संकलन गर्न आएन र यो वर्ष पनि कोभिडको कारणले खासै धेरै संकलन गर्न आउँदैन होला ।”

सामूदायिक वन उपभोक्ता समितिले र्यासा संकलन गर्नको लागि नियम बनाएको छ । मिक्वाखोला गाउँपालिका —५ नम्बर वडाका स्थानीयबासीलाई र्यासा संकलन गर्न अनुमतिका लागि प्रती व्यक्ति रु ५०० रुपैयाँ दस्तुर बुझाउनु पर्ने छ । अन्य वडा र अरु गाउँपालिकाका नगरिकले संकलन अनुमतिका लागि रु एक हजार ५०० रुपैयाँ दस्तुर बुझाउनु पर्ने नियम रहेको शेर्पाले बताउनुभयो । विगत वर्षहरुमा ६० जना भन्दा धेरैले र्यासा संकल अनुमती लिदै आएको भए पनि कोभिडको कारणले गत वर्ष १५ जनाले मात्र संकलन गर्नका लागि अनुमती लिएको छ । विगतका वर्षमा विद्यालय छोडेर र्यास संकलन गएको स्थानीय फुपु ग्यापु लामाले बतानुभयो । “दिन भरी संकलन गर्यो बेलुका संकल गर्ने ठाउँमै व्यापारी आएर खरिद गर्नुहुन्थ्र्यो ।” लामाले भन्नुयो । तोक्पेगोलमा संकलनभएको र्यासाको मुख्य बजार भनेको चीन राम्रो बजार मुल्यमा खरिद विक्रीहुने शेर्पाले बताउनुभयो ।

ताप्लजुङ एक हिमाली जिल्ला भए पनि र्यासा भने तोक्पेगालामा मात्र संकलन हुदै आएको मिक्वाखोला गाउँपालिका—५ वडाका वडाध्यक्ष डण्डु लामाले बताउनुभयो । तोक्पोगोलामा संकलन भएको र्यासाको मुख्य बचार भनेको चीनसंग हुने गरेको वडा अध्यक्ष शेर्पाले बताउनुभयो । कोभिडको कारणले चीन नाका बन्द भएको छ । नाका बन्द भएको दुई वर्ष भयो । संकलन भएको र्यासाले बजार नपाउँने भएकाले पनि संकलन गर्न जानेको संख्या कम हुर्दै गएको लामाले बताउनुभयो ।तोक्पेगाला सामूदायिक वन उपभोक्ता सममितिका अनुसार विगतका वर्षहरुमा दुई किलो देखि तीन किलो सम्म र्यासा संकलनभएको तथ्यांक रहेको छ ।