अवैध रुपमा बी एण्ड सीलाई सम्बन्धन दिने प्रयास गरेकोमा सुचना माग्दै निवेदन दर्ता


काठमाडौं ।

काठमाडौं विश्वविद्यालयले अवैध रुपमा बी एण्ड सीलाई सम्बन्धन दिने प्रयास गरेकोमा के कति प्रक्रियाबाट त्यस्तो सिफारिस गरिएको हो भनेर सुचना माग्दै काठमाडौं विश्वविद्यालयमा निवेदन दर्ता भएको छ ।

शशिविक्रम कार्की र उज्वल प्रधानले दर्ता गरेको निवेदनको पूर्ण पाठ यस्तो छः

नेपालको संविधानले नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको सूचना पाउने मौलिक हक प्रदान गरेको छ । तसर्थ व्यक्तिगत प्रयोजन तथा सुशासन प्रवर्द्धनका लागि सूचनाको हक सम्बन्धी ऐन २०६४ बमोजिम सूचना माग्न आएका छौं ।

त्यस कार्यालयमा रहेको सार्वजनिक महत्वको तपसिल बमोजिमको सूचना उपलब्ध गराई पाऊँ भनी हाम्रो नागरिकताको प्रतिलिपी साथै राखी यो निवेदन पेश गरेका छौं । उक्त ऐन अनुसार उक्त सूचना यथासक्य चाँडो उपलब्ध गराईदिनु होला । उक्त सूचना लिँदा केही शुल्क लाग्ने भए नियमानुसार बुझाउन तयार रहेको जानकारी गराउँछौं।

मागिएका सूचनाहरु:

१० काठमाडौँ विश्वबिद्यालयले झापा स्थित प्रस्तावित भनिएको बिएण्डसी मेडिकल कलेजलाई संबन्धनको लागि बैशाख २२ देखि २६ गते सम्म बिज्ञहरुको टोलीले प्रारम्भिक निरीक्षण गरिएको भनिएको छ। राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ अनुसार चिकित्सा आयोगको सिफारिसमा विश्वविद्यालयले सम्बन्धन दिने व्यवस्था भएकोमा आयोगको सिफारिसविनै के कति कारणले निरिक्षण गरिएको होरु

२० नियमानुसार २०७३ साल यता आशय पत्र नवीकरण नगरेकाले शिक्षण संस्थाका लागि कानूनी हैसियत नै गुमाइसकेको संस्थालाई राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को प्रतिकुल हुने गरी किन सम्बन्धनको प्रक्रिया अघि बढ़ाइएको होरु

३० उक्त बिज्ञ टोलीमा कति जना व्यक्तिहरु हुनुहुन्थ्यो र को को व्यक्तिहरु सहभागी हुनुहुन्थ्यो, उहाँहरुको विषयगत विज्ञता के थियोरु उहाँहरुको नामावाली, योग्यता र पदीय जिम्मेवारीसहितको सूची उपलब्ध गराई पाउँ।

४० यो महामारीको समयमा सरकारले अत्यावश्यक काम बाहेकका एमबीबीएसको प्रवेश परीक्षा लगायत सरकारी कार्यालयहरुका कामहरु समेत रोकेको अवस्थामा र विश्वबिद्यालयमा पठनपाठन समेत स्थगत भएको स्थितिमा संक्रामक रोग लाई नजर अन्दाज गर्दै के कति कारणले सम्बन्धनको काम आगाडी बढाइयो रु

५० झापा सम्म आवत जावत गर्नेको लागि सवारी साधनको पासको व्यवस्था कसरी गरियो रु आवत जावत गर्न कुन र कति नम्बरको सवारी साधन प्रयोग गरियो रु

६० उक्त बिज्ञको टोलीले तयार परेको प्रतिवेदनको एक प्रति फोटोकपी उपलब्ध गराइ पाउँ।

७० कार्यकारी परिषदको मिति २०७८ बैशाख ३१ गतेको बैठकको एजेन्डाहरु र निर्णयहरुको फोटोकपी एक प्रति उपलब्ध गराई पाउँ।