प्रधानमन्त्री र राष्ट्रपतिलाई कारबाही गर्न पूर्वराजाको आग्रह


काठमाडौं, (नेस)

पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना महामारी संकटका बेला राजनैतिक जालझेल सिर्जना गरी जनदायित्वबाट पन्छिन खोज्ने सरकारलाई जनताले कहिले माफी नदिने बताउनुभएको छ ।

स्वास्थ्य जस्ते गम्भीर समस्यालाई थाती राखेर सरकार र राजनीतिक दलहरुले देशलाई दुर्घटनातर्फ धकेल्न उद्यत रहेको समेत उहँंले उल्लेख गर्नुभएको छ ।प्रतिनिधिसभा विघटन भएपछि शनिबार सामाजिक सञ्जालमा ट्विट गर्दै पूर्वराजा शाहले भन्नुभयो– ‘यस वैश्विक महामारीको संकटका बेला जन दायित्वबाट पन्छिनका लागि असामयिक राजनैतिक जालझेल सिर्जना गरी, जनताको स्वास्थ्य जस्तो गम्भीर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्ने छैनन् ।