तयारी अवस्थामा आइसोलेसन संक्रमितलाई घरमै सेवा

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

कोभिड १९ को संक्रमण खेपिरहनुभएको छ ? होम आइसोलेसनमै रहँदा कुनै कठिनाइ भएको छ वा अस्पतालमा रहँदा पनि केही समस्या छ ? यदि यस्तो समस्यामा तपाईँ वा तपाईँको परिवार हुनुहुन्छ भने अब नआत्तिनुहोस् । संक्रमितलाई उपचार सेवाका लागि मकवानपुरमा नागरिक समाजबाट भरपर्दो र उचित सेवाको पहल भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा कोभिड संक्रमितलाई घर र अस्पतालमा सेवाको पहल भएको हो । मकवानपुर जिल्लामा क्रियाशील विभिन्न संघसंस्थाको संयुक्त पहलमा ‘कोभिड हेल्पडेस्क मकवानपुर’ सञ्चालनमा आएको हो ।

मकवानपुर उद्योग वाणिज्य संघको सचिवालयमा स्वास्थ्यकर्मीसहित टोली रहनेछ । टोलीका सदस्यहरुले संक्रमितलाई काउन्सिलिङ गर्नेछन् । संघका अध्यक्ष कृष्ण कटुवालले भन्नुभयो–स्वास्थ्यकर्मीले संक्रमितसँग कुराकानी गर्नेछन्, कुनै कठिनाइ भए तत्काल अस्पताल ल्याउन वा संक्रमितको घरमै पुगेर उपचार र आवश्यक औषधिको व्यबस्था हुनेछ । ‘हेटौंडा अस्पताल र अन्य अस्पतालमा उपचाररत्लाई पनि सहयोग हुनेछ,’ कोभिड हेल्पडेस्कका सचिवालय सदस्य तथा नारायणी संघ हेटौंडाका महासचिव सरोज खनालले भन्नुभयो–अक्सिजन अभाव, उपचारमा समस्या तथा औषधि अभाव नहोस् भनेर सक्रिय रहनेछौं ।

मानवीय संवेदना, सहकार्य र सहअस्तित्वको भावनाबाट प्रेरित भएर मकवानपुरका विभिन्न क्रियाशील संघसंस्थाहरुले कोभिड न्यूनीकरण अभियान एकीकृतरुपमा सञ्चालन गर्ने उद्धेश्यले कोभिड हेल्पडेस्क मकवानपुर स्थापना गरेका हुन् । मकवानपुर उद्योग वाणिज्य संघको कार्यालयमा सचिवालय रहेको डेस्कको संयोजक संघका अध्यक्ष कटुवाल हुनुहुन्छ । डेस्क सदस्यहरुमा नारायणी संघ हेटौंडाका खनाल, नारायणी यातायात कम्पनीका गोकर्ण पराजुली, निर्माण व्यवसायी संघ मकवानपुर अध्यक्ष श्यामसुन्दर ढकाल, मकवानपुर होटल एसोसिएसन अध्यक्ष शंकरलाल श्रेष्ठ, उपभोक्ता हित संरक्षण मञ्चका बासु खतिवडा, उपभोक्ता मञ्चका कुमार पौडेल, लायन्स क्लबका शम्भु नकर्मी र टासिडोल्मा तुम्बाहाङ्फे, नेपाल पत्रकार महासंघ अध्यक्ष मणिराज गौतम, रामकुमार एलन र अञ्जली थापा, मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने र उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल सदस्य छन् ।

सामुदायिक प्रहरी सेवाकेन्द्रका राम बिष्ट, नेपाल औषधि व्यवसायी संघका नारायण श्रेष्ठ, कृष्ण प्रणामी समाजका बद्री चौलागाइँ, मारवाडी एुसोसिएसनका पवन अग्रवाल, नारायणी पेट्रोलियम बिक्रेता संघका उत्सव इटेनी र सार्वजनिक मकवानपुर यातायातका ज्ञानेन्द्र कार्की सदस्य हुनुहुन्छ । कोभिड हेल्पडेस्कसँग हाल २५ थान अक्सिजन सिलिण्डर रहेको भन्दै संयोजक कटुवालले भन्नुभयो–हेटौंडाबाहेक अन्य स्थानीय तहमा सिफारिसअनुसार अक्सिजन उपलब्ध गराउछौं । डेस्कले अक्सिजन सिलिण्डरसँगै पीपीइ, औषधि, पौष्टिक आहार पनि उपलब्ध गराउने छ । आवश्यकतानुसार उपचार सेवा पनि उपलब्ध हुनेछ ।

अक्सिजन कन्सन्ट्रेटर

संक्रमितलाई अस्पताल ल्याउन वा अस्पतालबाट घर पठाउ“दा अक्सिजन सिलिण्डरको अभावमा कन्सन्ट्रेटर पनि प्रयोगमा ल्याउन सकिन्छ । ‘हामीसँघ दुई वटा कन्सन्ट्रेटर उपलब्ध छ,’ संयोजक कटुवालले भन्नुभयो–कम्युनिटी पार्टनर्स इन्टरनेसनल तथा एनआईडीएस नेपाल काठमाडौंले उक्त कन्सन्ट्रेटर सहयोगस्वरुप उपलब्ध गराएको हो ।

आइसोलेसनको तयारी

मकवानपुरमा कोभिड संक्रमित अस्पताल र घरमा छन् । उनीहरुलाई परामर्श र उपचारमा डेस्कले सहयोग गर्ने हो । ‘यदि थप उपचारका लागि अस्पतालमा बेड अभाव र होम आइसोलेसनमा ठाउ“ अपुग भए मउवा संघको पल्पसाहलमा आइसोलेसन सेन्टर सञ्चालन गर्नेछौं’, डेस्क सचिवालय सदस्य खनालले भन्नुभयो–पल्पसामा आइसोलेसन चलाउन हामी तयार छौं र स्थानीय प्रशासनबाट अनुमति भए तत्काल स्वास्थ्यकर्मीकै निगरानीमा सञ्चालन गर्नेछौं ।

तपाईलाई फोन आउन सक्छ

तपाई कोभिड संक्रमित हुनुहुन्छ ? संक्रमितको परिवार हुनुहुन्छ ? वा छिमेकी हुनुहुन्छ ? जे होस् तपाईंलाई कुनै पनि बेला डेस्कको सचिवालयबाट फोन आउन सक्छ । संक्रमितलाई कस्तो छ, केही आवश्यक छ ? अथवा, डेस्कको टोली संक्रमितकहा“ औषधि र स्वास्थ्य सामग्री बोकेर आउँदैछन् । लोकेसन सोध्न तपाईंलाई फोन आउन सक्छ ।

०५७–५२०३१०, ५२३३१० र ५२१२६० बाट तपार्इंलाई फोन आउन सक्छ । तपार्इंले पनि विहान ८ बजेदेखि सा“झ ६ बजेसम्म कोभिड संक्रमणको सूचना, सहयोगका लागि यही नम्बरमा फोन गर्न सक्नुहुनेछ । एम्बुलेन्स तयार छ
तपार्इंलाई अप्ठेरो भयो, बिरामीलाई च्याप्यो ? फोन गर्न सक्नुहुनेछ । अक्सिजन सुविधासहित एम्बुलेन्स डेस्कसँग छ । अस्पताल आउन वा अस्पतालबाट घर फर्किन एम्बुलेन्स सेवा छ । स्वास्थ्यकर्मी, औषधि र एम्बुलेन्स सेवा उपलब्ध छ ।