प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक : सभामुख सापकोटा

14
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रतिनिधिसभा विघटनलाई सभामुख अग्निप्रसाद सापकोटाले असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन् । शनिबार एक विज्ञप्तिमार्फत् सापकोटाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।संवैधानिक, कानुनी र राजनीतिक संघर्षको भावना एवं सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसला विपरीत प्रतिनिधिसभा विघटन भएको उनको ठहर छ ।

सापकोटाले शनिबार वक्तव्य जारी गरी राष्ट्रिय हित, संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि राजनीतिक दलहरू, सांसदहरू, नागरिक समाज, संविधानविद्, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चारजगत् तथा सम्बद्ध सबै पक्षलाई एकजुट हुन अपिल गरेका छन् ।