माधव नेपालसहित ११ नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

14
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेले माधव नेपालसहितका ११ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । स्पष्टीकरण सोधिएका नेता र सांसदहरुमा माधव नेपाल, झलनाथ खनाल र भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री,कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी,कलिला खातुन र निरा जैरु रहेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।