आज काठमाडौंमा थप १८११ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंमा मात्र पछिल्लो २४ घण्टामा थप १८११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुरमा १७९ र ललितपुरमा ३३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज उपत्यकाभर थप २,३२८ जना संक्रमित भेटिएका छन् । यस्तै आज देशभर ८,९८० जना संक्रमित भेटिएका छन् । भने १२९ जनाको मृत्यु भएको छ ।