बेलायतले नेपाललाई २० लाख डोज खोप उपलब्ध गराउने

4.3k
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

बेलायतले नेपाललाई २० लाख डोज आस्ट्राजेनेका (कोभिसिल्ड) खोप उपलब्ध गराउने भएको छ । बेलायतले विश्‍व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रम मार्फत खोप ९कोभिसिल्ड० उपलब्ध गराउन लागेको बताइएको छ ।यसअघि नेपालले कोभ्याक्स कार्यक्रम अन्तर्गत ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको थियो । त्यसमा पनि बेलायतको केही हिस्सा सहयोग थियो ।

बेलायती संसद्मा नेपाललाई सहयोग गर्नेबारे छलफल भएको जनाइएको छ । अब बेलायत सरकारले औपचारिक रूपमा खोप नेपाल पठाउने पक्का भएको छ । बेलायती विदेश मन्त्रालयले नेपाललाई तत्काल खोप उपलब्ध गराउने जानकारी संसद्‍मा दिएसँगै निर्णय लिएको हो ।