ओली–विद्याको यो कुकर्मको खुलेर प्रतिवाद गर्न डा. भट्टराईको आह्वान

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले ओली–विद्याले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच रचेको बताए ।

भट्टराईले सामाजिक सञ्जाल दुईटरमा लख्दै मध्यावधी चुनाव गराउने नियत नभई विद्या ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच रचेको बताएका हुन् ।

‘भित्री र बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र र सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक र असंवैधानिक र प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो, यो ओली–विद्या कुकर्म,’ भट्टराईल टुईटमा लेखेका छन्, “यो कुनै मध्यावधि चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च हो । एकजुट होऊँ प्रतिवाद गरौं ।”

उहाँले ओली–विद्याको यो कदमको प्रतिवाद गर्न आह्वान गरेका छन् ।