संसद भवनमा विपक्षी गठबन्धनको बैठक सुरु

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा उपस्थित भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै विपक्षी दल विरोधमा उत्रिएको हो । बैठकमा यसैबारे आगामी रणनीति बनाइने जनाइएको छ ।