देशघाती जोडीविरुद्ध सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्नुपर्छ : गगन थापा

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाली कांग्रेसका नेता गगन थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हालेको जनाएका छन् । उनले महामारीको समयमा पनि यस्तो अधर्म गर्न सक्ने देशघाती जोडीविरुद्ध सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्नुपर्ने बताएका छन् ।

शुक्रबार मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी चुनावको मिति तोकेपछि थापाले सामाजिक सञ्जालमा ट्वीट गर्दै ओली र भण्डारीले संसदको अपमान गरेको बताएका हुन् ।