षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि संसद्को चीरहरण भयो : नेपाल

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन् ।

शुक्रबार मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी चुनावको मिति तोकेपछि नेता नेपालले सामाजिक सञ्जालमा ट्वीट गर्दै विरोध जनाएका हुन् । उनले शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको बताएका छन् ।

त्यस्तै, प्रधानमन्त्री र राष्ट्रपतिको यो कदम प्रतिगमन भाग २ रहेको जनाउँदै नेता नेपालले डटेर प्रतिवाद गर्न आह्वान गरेका छन् ।