कांग्रेसले आपतकालीन पदाधिकारी बैठक बोलायो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको आपतकालीन बैठक बोलाएका छन् । बैठक शनिबार बिहान ९ बजे देउवा निवास बूढानीलकण्ठमा बस्ने बताइएको छ ।

शुक्रबार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीकेपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचन गर्ने मिति जारी गरेसँगै देउृवाले काँग्रेसको आकस्मिक बैठक बोलाएका हुन् ।