आगामी आर्थिक वर्षको बजेट अध्यादेशमार्फत आउने



न्युज अफ नेपाल, काठमाडौँ ।

आगामी आर्थिक वर्षको बजेट अध्यादेशमार्फत आउने भएको छ । सरकारले सांसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेकाले अध्यादेशबाट बजेट आउने भएको हो ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ। बजेट ल्याउन एक साता मात्रै रहेको स्थितिमा राजनीतिक खिचातानीका कारण पूर्वबजेट छलफल समेत हुन सकेको छैन । संसद विघटन भई सरकार काम चलाउ भई सकेको अवस्थामा आगामी बजेट बार्षिक बजेट नभई पूरक बजेट ल्याउनुपर्ने सुझाव पनि छ ।

प्रतिक्रिया दिनुहोस्