फेरि प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि प्रतिनिधिसभा विघटन गरेका छन् । शुक्रबार मध्यराती बसेको मन्त्रिपरिषद बैठकमार्फत् ओलीले प्रतिनिधिसभा बिघटनको सिफारिश गरेका हुन् ।

राष्ट्रपति बिद्यादेवी भण्डारीले संबिधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि दिएकाे समयमा परेका दुवै दावी खारेज गरेपछि प्रधानमन्त्री अ‍ोलीले मन्त्रिपरिषदको आकस्मिक बैठक । बैठकले प्रतिनिधिसभा बिघटनको सिफारिश गरेको हो ।

गत २०७७ पुस ५ गते बिघटित प्रतिनिधिसभालाई सर्वोच्च अदालतले फागुन ११ गते पुनःस्थापना गरेको थियो । सरकार गठनको बिकल्प हुँदाहुँदै बिघटन गर्न नपाइने भन्दै सर्वोच्चले पुनःस्थापना गरेपछि पनि संसदले बैकल्पिक सरकार दिन सकेको थिएन । यही कारण प्रधानमन्त्री ओलीले पुनः प्रतिनिधिसभा बिघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते दुई चरणमा निर्वाचनको मिति तोक्न राष्ट्रपति समक्ष सिफारिश गरेका हुन् ।