नेपाल समूह छोडेको जानकारी दिँदै भट्टराईले भने : ‘राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन’

42
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

एमाले नेता तथा सांसद योगेश भट्टराईले एमालेको नेपाल समूह छोडेका छन् ।

एमालेभित्र विवाद देखिएसँगै नेपाल समूहलाई साथ दिएका भट्टराईले सामाजिक सञ्जालमार्फत आफूले खनाल-नेपाल समूह छाडेको जानकारी दिएका छन । नयाँ सरकार गठनको निर्णायक दिनमै भट्टराईले नेपाल समूह छोडेका हुन्।

ट्वीटमा उनले पार्टी एकतालाई जोगाउन सकिन्छ कि, भनेर यस्तो निर्णय लिएका जनाएका छन । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सही गरेकी, गलत गरेँ इतिहासको कठोर मूल्याङ्कनमा खडा छु।’

संविधानको धारा ७६ को उपधारा ५ अन्तरगतको सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा भट्टराईले हस्ताक्षर गरेका थिएनन्।