राष्ट्रपतिलाई भेटेर फर्किए प्रधानमन्त्री ओली, विपक्षी नेताहरू शीतलनिवासमै

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतलनिवासबाट बाहिरिएका छन् ।

विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्न बुझाएको हस्ताक्षरमा माधव नेपाल पक्षले केही सांसदको हस्ताक्षर दुरुपयोग गरेको बारे जानकारी गराउन ओली शीतनिवास आएको सोतले जनाएको छ । बहुमत सदस्यको हस्ताक्षर जुटाएको दाबी गरेका प्रतिपक्षी सांसदहरू भने हाल शीतल निवासमा छन् ।

त्यस्तै, स्रोतका अनुसार ओलीलाई महन्थ ठाकुर र राजेन्द्र महतो समूहको साथ रहेको जनाइएको छ ।