प्रधानमन्त्रीमा दावी पेश गर्न १४९ सांसदको हस्ताक्षरसहित देउवा टोली शीतलनिवासमा

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ । यससँगै, १४९ जना सांसदको हस्ताक्षरसहित नयाँ सरकारका लागि दाबी पेश गर्न देउवासहितका शीर्ष नेताको टोली शीतलनिवास तर्फ लागेको छ ।

काँग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधव कुमार नेपाल समूहका २७ जना सांसद्सहित १४९ जना सांसदले हस्ताक्षर गरेको जनाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार २१ घण्टाको समय दिएर शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिएकी थिइन्।