सेती नदीमा पानीको वहाव बढेपछी मोटरेवल पुल उच्च जोखीममा



ललित सिंह, बझाङ ।

बझाङ सदरमुकाम चैनपुरको सेती नदीमा बनेको क्रस मोटरेबल पुल छेउको मेसेनरी वाल भासिएको छ । मेसनरीवाल भासिए संगै क्रस मोटरेवल पुल जोखिममा रहेको छ ।

बुधबार राति देखि परेको अविरल बर्षाका कारण सेति नदीमा पानीको बहाव बढेको र नदीले कटान सुरु गर्दा मेसीनरीवाल भासिएको हो । नदीमा पानीको बहाब बढेसंगै खोला छेउमा रहेको ग्याविन जाली भासिएको र त्यसको असर मेसेनरीवालमा पनि परेको स्थानीय सडक पुर्वाधार विकास कार्यक्रमका प्राविधिक हरिशंकर जोशीले बताए । ग्याविन जाली गएपछी मेसिनरीवाल भासिएको र मेसिनरीवाल भत्के पनी पुलमा कुनै किसिमको क्षेती नहुने उनको भनाई छ ।

झण्डै ८ करोड लागत र ७० मिटर लम्बाईको पानकोट पुल निर्माणको जिम्मा ईलाईट कन्ट्रक्सनले पाएको थियोे । निर्माण कम्पनीले २०७५ चैत्रमा सम्झौता गरी २०७७ बैशाख मा निर्माण कार्य सम्पन्न गरिसक्ने सम्झौता गरेको भएतापनि विभिन्न बाहानागरी पुल २०७८ साल बैशाखमा र्निमाण सम्पन्न गरेको थियो । पुलको काम निर्माण कम्पनी ईलाईट कन्ट्रक्सनले पाएको भएपनी ग्याविन जाली हाल्ने काम उपभोक्ता समितिले बनाएको थियो । मेसिनरीवाल भासिएपछि गाडी संचालनमा ल्याउन सकस भएको यातायात व्यवसायी कैलास खडकाले बताए । उक्त पुलको निमार्ण कार्य यहि बैशाखमा र्निमाण समपन्न भएकोे थियो ।

प्रतिक्रिया दिनुहोस्