देउवालाई प्रधानमन्त्री बनाउने विपक्षी दलको तयारी, सांसदको हस्ताक्षर संकलन

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गर्ने तयारी गरिरहेको छ ।

कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)का सांसदहरुको हस्ताक्षर संकलन भइरहेको स्रोतले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न साँझ ५ बजेसम्मको समय तोकेकी छन ।