टेलिकमले ल्यायो विभिन्न सुविधा


काठमाडौं, नेस

नेपाल टेलिकमले निषेधाज्ञाको समयमा वर्कफ्रम होम, अनलाइन क्लास, वोविनार जस्ता क्रियाकलापमा संलग्न हुनुपर्ने ग्राहकका लागि रिचार्ज गर्दा विभिन्न सुविधा ल्याएको छ ।

टेलिकमले ब्यालेन्स ट्रान्सफरअन्र्तगत नेपाल टेलिकम एपमा उपलब्ध ‘ब्यालेन्स ट्रान्सफर’ अप्सनबाट त्यहाँ दिइएको निर्देशनअनुसार ब्यालेन्स ट्रान्सफर गर्न सकिन्छ । प्रिपेड मोबाइल प्रयोगकर्ताले एस्ट्रिक ४२२ एस्ट्रिक सेक्युरिटी कोड मोबाइल नम्बर एस्ट्रिक रुपियाँ ह्यास डायल गरेर पनि ब्यालेन्स ट्रान्सफर गर्न सकिन्छ । सेक्युरिटी कोड प्राप्त गर्नका लागि आफ्नो मोबाइलबाट एससीओडीई लेखेर १४१५ मा एसएमएस गर्न सकिन्छ ।

त्यस्तै रिचार्ज कार्डको प्रयोग गर्दा एस्ट्रिक ४१२ एस्ट्रिक पिन नम्ब। ह्यास डायल गर्न सकिन्छ । यसैगरी अरु मोबाइलमा वा नेपाल टेलिकमका अरु सेवाहरु रिचार्ज गर्नुपरेमा एस्ट्रिक ४१२ ह्यास डायल गरी त्यहाँ दिइएको निर्देशन बमोजिम गर्नुपर्दछ ।गिफ्ट प्याकेजअन्तर्गत नेपाल टेलिकमका सुलभ दरका भ्वाइस तथा डाटा सेवा उपहारस्वरुप आफन्त वा साथीभाईलाई प्रदान गर्न सकिने सुविधा पनि उपलब्ध छ । यसमा निश्चित दिनका लागि भ्वाइस वा डाटा सेवा उपहारका रुपमा प्रदान गर्न सकिन्छ । नेपाल टेलिकम एपमार्फत गिफ्ट प्रदान गर्नका लागि त्यसमा भएको ‘गिफ्ट प्याकेजेज’ मा क्लिक गर्नुपर्छ । विभिन्न दरका डाटा र भ्वाइस प्याकेजको सूची हेरेर ‘डाटा’ लेखिएको एपमा गई कति एमबीको डाटा उपहार दिने हो निश्चित गर्नुपर्छ र ‘क्लिक टु सब्सक्राइब’ लेखिएको स्थानमा क्लिक गरी गिफ्ट दिन चाहेको मोबाइल नम्बर लेखी ‘ओके’ गर्नुपर्छ । यसैगरी ‘भ्वाइस’ क्लिक गरी भ्वाइस प्याकेज गिफ्ट दिन सकिन्छ ।यसैगरी कम्पनीको वेबसाइटमा गएर पनि रोजिएका प्याकेज साथीभाई र आफन्तलाई उपहारका रुपमा प्रदान गर्न सकिन्छ । यसरी गिफ्ट दिँदा गिफ्ट दिने व्यक्तिकै मोबाइलबाट ब्यालेन्स रकम काटिन्छ ।

मोबाइल बैंकिङमा हाल अधिकांश बैंकले मोबाइल बैंकिङ सेवा उपलब्ध गराएका छन् । मोबाइल बैंकिङबाट जुनसुकै नम्बरमा टपअप गर्न र व्यालेन्स ट्रान्सफर गर्न सकिन्छ । अनलाइन रिचार्जमा रिचार्ज कार्डबाट आफन्त वा साथीभाईको नम्बरमा ब्यालेन्स पठाउनु परेमा नेपाल टेलिकमको साइटमा उपलब्ध अनलाइन रिचार्ज पोर्टलको प्रयोग गर्न सकिन्छ । यसका लागि रिचार्ज कार्डको पिन नम्बर, सिरियल नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर आवश्यक हुन्छ । विभिन्न डिजिटल वालेटको प्रयोग गरी नेपाल वा नेपाल बाहिरबाट समेत विभिन्न एपको प्रयोग गरेर आफ्नो वा आफन्तको मोबाइल रिचार्ज गर्न सकिन्छ । त्यस्तै एमपोस पिनलेस रिचार्जमा टेलिकमले तोकेका सेवा प्रदायकले ग्राहकको मोबाइलमा सिधै ब्यालेन्स रकम ट्रान्सफर गरिदिने सुविधा पनि उपलब्ध छ ।