संविधान छलेर सत्ता कब्जा गर्न खोजिएको होइन : प्रधानमन्‍त्री ओली



न्युज अफ नेपाल काठमाडौं ।

प्रधानमन्‍त्री केपी ओलीले संविधान छलेर सत्ता कब्जा गर्ने कुनै उद्देश्य नभएको बताएका छन् ।शुक्रबार पत्रकार सम्मेलन गर्दै ओलीले यस्तो धारणा राखेका हुन्। उनले बजेटको चाप र विश्वासको मत नपाउने भएर नयाँ सरकार गठन गर्न आह्रवान गरेको बताए । मुलुकलाई निकास दिनका लागि आफूले अघि बढाएको कदमको गलत व्याख्या गर्दै भ्रम फैलाउन खोजिएको आरोप लगाएका छन् ।

उनले भने,सरकार चलाउन सक्ने अवस्था पनि छैन। नयाँ सरकार बन्‍ने अवस्था पनि छैन। यही जटिल अवस्थामा घुमिरहनुपर्ने अवस्थालाई ध्यानमा राखेर विकल्प दिन खोजिएको हो। संसद पुनर्स्थापना भएको दुई महिनासम्म विपक्षीले अविश्‍वास प्रस्ताव ल्याउन नसकेको ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्