देउवालाई भेट्न बूढानिलकण्ठ पुगे प्रचण्ड


न्युज अफ नेपाल काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानिलकण्ड पुगेका छन् । कांग्रेस पदाधिकारी बैठक सकिएलगत्तै देउवालाई भेट्न दाहाल बूढानिलकण्ड पुगेका हुन् ।

देउवाको निवासमा हुने सर्वदलीय छलफलमा सहभागी हुन दाहाल बूढानिलकण्ठ पुगेका हुन् । कांग्रेस पदाधिकारी बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेका बेला दाहाल बूढानिकलण्ठ पुगेका हुन् ।
अन्य दलसँग छलफल गरी रणनीति तय गर्ने निर्णय कांग्रेस पदाधिकारी बैठकले गरेको थियो ।