डब्ल्यूएचओले रेम्डिसिभिरलाई औषधीको सूचीबाट हटायो


न्युज अफ नेपाल, काठमाडौं ।

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डिसिभिरलाई सूचीबाट हटाएको छ । विश्व स्वास्थ्य संगठनले पहिले आपतकालीन अवस्थामा प्रयोग लागि सुझाएको यो औषधि हाल कोरोना उपचारको औषधिबाट हटाएको हो ।

विश्व स्वास्थ्य संगठनले जस्तोसुकै जटिल परिस्थितिमा पनि कोरोना संक्रमितलाई रेम्डिसिभिर प्रयोग नगर्न चेतावनी दिएको छ ।