केडिया अर्गनाइजेसनका दुई सदस्यको निधन


काठमाडौं, नेस

कोरोना संक्रमणका कारण औद्योगिक घराना ‘केडिया अर्गनाइजेसनले दुई सदस्यको निधन भएको छ । अर्गनाइजेसनका अनुसार वैशाख २८ गते ७२ वर्षीय विश्वनाथ केडिया र २१ वर्षीय प्रद्युम्न केडियाको निधन भएको हो ।

‘इतिहासकै सबैभन्दा कहालीलाग्दो घटना जीवनमा भुल्न नसक्ने दुःखद् घडिमा परिवारमा प्रत्यक्ष, अप्रत्यक्ष, विभिन्न माध्यमबाट साथ सहयोग गरी हामीलाई सान्त्वना दिई धैर्यधारण गर्न प्रेरणा दिनुहुने सबैमा धन्यवाद दिन चहान्छौं।’ अर्गनाइजेसनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।