कोभिसिल्डको दोस्रो डोज सीमितले पाउने


काठमाडौ (नेस)

फागुन २३ भन्दा अगाडि कोभिसिल्ड लगाएकाहरूले दोस्रो डोज पाउने भएका छन् । स्वास्थ्य सेवा विभागले फागुन २३ भन्दा अगाडि पहिलो प्राथमिकतामा परेका दोस्रो मात्रा लिन छुट भएका व्यक्तिहरूलाई खोप लगाउन निर्देशन दिएको छ । कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिबाट छिटो निर्णय गरी उपयुक्त समय निर्धारण गरी खोप सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।

बुधबार व्यवस्थापन महाशाखा टेकु, सातैवटै प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र र ७७ वटै जिल्ला स्वास्थ्य कार्यलयलाई पत्र लेख्दै विभागले उक्त निर्देशन दिएको हो ।जेठ ५ मा बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) को बैठकले विभिन्न प्रदेश तथा जिल्लामा मौज्दात रहेको कोभिसिल्डको खोपको दोस्रो डोज कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने र २३ फागुनअघि पहिलो मात्रा लिएकालाई लगाउने निर्णय गरेको थियो । विभागका अनुसार विभिन्न जिल्लामा कोभिसिल्ड खोप बाँकी रहेको जनाएको छ ।