भोलि साँझ ५ बजेभित्र नयाँ सरकार गठनका लागि राष्ट्रपतिको आह्वान

0
Shares

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५)अनुसार नयाँ सरकार बनाउन दलहरुलाई आह्वान गरेकी छन् । बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नदिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताए लगतै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् ।

यसका लागि उनले दलहरुलाई जम्मा २१ घण्टा समय दिएकी छन् ।