राष्ट्रपति भण्डारीद्वारा शपथसम्बन्धी अध्यादेश जारी

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले बिहीबार सरकारको सिफारिसमा उक्त अध्यादेश जारी गरेकी हुन् ।यसअघि बैशाख ३१ को प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ चौतर्फी विवादमा तानिएपछि शपथसम्बन्धी अध्यादेश जारी गरिएको बुझिएको छ ।

शपथमा प्रधानमन्त्री ओलीले प्रतिज्ञा गर्छु भन्ने शब्द उच्चारण गरेका थिएनन् भने त्यसबारे सर्वोच्चमा मुद्दा विचाराधीन छ । यस्तै राष्ट्रपति भण्डारीले कोभिड(१९ संकट व्यवस्थापन अध्यादेश पनि जारी गरेकी छिन् ।