काठमाडौंमा मात्र थप २६०० जनामा कोरोना संक्रमण पुष्टि

14
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्र २६०० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भने ललितपुरमा ४०३ र भक्तपुरमा २२९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै आज देशभर ८३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा १९० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।