बुटवलको नमूनासिंह कम्प्लेक्समा आगलागी, तीन करोड बढीको क्षती

14
Shares

यमलाल भुसाल, बुटवल।

बुटवल बजारको मुटु मानिने स्थानमा रहेको सिंह कम्प्लेक्समा आगलागी हुदाँ तीन करोड बढीको क्षती भएको छ । बुधबार राति १:३५ मिनेट जादा लागेको आगो बुटवल उपमहानगरपालिकाको दमकल आएर डेढ घण्टामा निभाउन सफल भएको थियो। विद्युत सर्ट भएर आगलागी भएको कम्प्लेक्सका संचालक महेशमान सिंहले बताउनु भयो ।

कम्प्लेक्सको चौथो तल्लामा रहेको रेष्टुरेन्ट, भ्यु तथा तेस्रो तल्लामा आगलागीबाट भौतिक क्षति भएको छ । राति १:३५ मिनेटजादा लागेको आगो बुटवल उपमहानगरपालिकाको दमकल आएर डेढ घण्टामा निभाउन सफल भएको थियो।

आगलागीबाट सबैभन्दा ठुलो क्षतिलाबी फुडकोर्डमा भएको उहाँले बताउनु भयो । आगलागीबाट ४ टनको ४ वटा र २ टनका ७ वटा गरि ११ वटा एसी पुर्ण रुपमा क्षति भएको छ । यसैगरि रेष्टुरेन्टमा रहेको फ्रिज, टिभि, ब्रान्डेड पेय पदार्थ, सजावटका फर्निचर, सोफालगायत सबै ध्वष्ट भएको छ । लाबि फुडकोर्ड अन्तरगत दुई वटा आकर्षक रेष्टुरेन्ट रहेका थिए । यो संगै रहेको भ्यू सिनेमाको बक्स अफिस र काउन्टरमा समेत क्षति भएको छ। समयमा नै आगो नियन्त्रणमा लिन सफल हुदा थप क्षति हुन नपाएको बताईएको छ । आगलागीबाट तेस्रो तल्लामा रहेको समृद्धि सैलुन (निलडेभिड हेयर सैलुन) को समेत क्षति भएको छ । प्रशासनबाट aनिशेषज्ञा जारी भएसंगै कम्प्लेक्स बन्द रहेको थियो ।