माओवादी केन्द्रद्वारा सीसीएमसी खारेज गर्न माग

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा माओवादी केन्द्रले कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गर्न माग गरेको छ ।

बिहीबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सीसीएमसी खारेजको माग गरेको हो । यस्तै, सरकारले स्वास्थ्य सामग्री खरिद गर्दा भष्ट्राचार गरेको, कोरोना नियन्त्रणमा असफल भएकोलगायतका विषयमा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

बैठकले पार्टीका केन्द्र, प्रदेश र स्थानीय कमिटीलाई कोरोना रोकथाम र नियन्त्रणका लागि क्रियाशील बनाउने निर्णय गरेको छ ।