निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै प्रधानमन्त्री ओली र मन्त्री श्रेष्ठविरुद्ध उजुरी

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ ।

राष्ट्रियसभा उपनिर्वाचनमा मौन अवधि सुरु भइसकेपछि प्रधानमन्त्री ओली र मन्त्री श्रेष्ठले विज्ञप्ति निकाल्दै नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई मतदान गर्न अपिल गरेपछि निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कांगेसले निर्वाचन आयोगमा उजुरी दिएको हो । उजूरीमा कांग्रेसले ओली र श्रेष्ठमाथि कारवाहीको माग गरेको हो ।