जेठ १५ गतेसम्म निषेधाज्ञा


गुल्मी, (नेस)

गुल्मीमा निषेधाज्ञा जेठ १५ गतेसम्म थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

जिल्लामा गत वैशाख १८ गते रातिदेखि जारी निषेधाज्ञाको समय जेठ ४ गतेसम्म थियो । कोरोना संक्रमणको दोस्रो लहर नरोकिएकाले सतर्कतास्वरूपमा निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।यो अवधिमा अत्यावश्यक उपभोग्य खाद्यवस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा पुनर्निर्माण सामग्रीका पसलहरु जेठ ७ गते, १० गते र १३ गते बिहान ७ देखि ९ बजेसम्म मात्रै खोल्न पाइने भएको छ ।

त्यस्तै, निर्माण सामग्री बोक्ने सवारीसाधन बेलुकी ६ बजेदेखि बिहान ७ बजेसम्म मात्रै चल्न पाउने छन् ।जिल्लामा कोभिडको दोस्रो लहरबाट १ हजार बढी संक्रमित भएका छन् ।