देवरले गरे भाउजूको हत्या


नेपाल समाचारपत्र, मोरङ

सामान्य घर झगडाको विषयलाई लिएर देवरले आफ्नै भाउजूको बीभत्स तरिकाले हत्या गरेका छन् । रंगेली नगरपालिका–३ की २४ वर्षीय अनिता यादवको हत्या आफ्नै देवर १९ वर्षीय विनोद यादवले गरेको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको हो ।प्रारम्भिक अनुसन्धानका क्रममा हत्यामा विनोदको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो । मंलबार दिउँसो घरमा देवर–भाउजूबीच सामान्य विषयलाई लिएर विवाद भएको थियो । विवादपछि बेलुका साढे सात बजे महिला घरबाट श्रीमान् बेचन यादवलाई खोज्न भन्दै घरदेखि उत्तरतर्फ लागेकी थिइन् । उनलाई पछ्याउँदै देवर विनोद पनि पछि–पछि लागेका थिए ।

‘घरदेखि उत्तर करिब ढेड किलोमिटरमा नहरको ढिलमा पुगेपछि देवर विनोदले भाउजू अनितलाई धकलिदिए । भाउजू नहरमा लडिन् र विनोदले अनिताको घाँटीमा धारिलो हतियार दाउ प्रयोग गरी हत्या गरेको प्रराम्भिक चरणको अनुसन्धानदेखि खुलेको छ ।’ –मोरङ प्रहरीका प्रमुख एसपी खड्काले भन्नुभयो– ‘भाउजूको मंगलबार राति करिब ८ बजेको समयमा हत्या गरेपछि विनोद दाउ बोकेर घर पुगेका थिए ।’प्रहरीका अनुसार हत्या गरेको पत्ता पाउने भएकाले रगत लतपतिएको दाउ पानीले धोएपछि उनले घरमा राखेका थिए । रातिसम्म सरिता घर नआएपछि उनका श्रीमान् बेचन श्रीमती खोज्न हिँडे । भाउजू खोज्न विनोद पनि सँगै दाजुसँग गएका थिए । उनीहरूले रातभरी अनितालाई नेभेटेपछि विनोद राती घरमा सुते । बिहान झिसमिसमा घरदेखि उठेर उनी फरार भए । स्थानीयले बुधबार बिहान सरिताको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्यापछि फरार रहेका बिनोदलाई प्रहरीले घरबाहिर रंगेली बजारमा लुकेर बसेको अवस्थामा बुधबार बिहान ८ बजे पक्राउ गरेको एसपी खड्काले जानकारी दिनुभयो । भाउजूको हत्या गरेको १२ घण्टापछि प्रहरीले हत्यामा संलग्न भएको आरोपमा देवर विनोदलाई पक्राउ गरेको थियो ।

‘घटनाको थप अनुसन्धान भइरहेको छ’, एसपी खड्काले भन्नुभयो– ‘प्रारम्भिक चरणको अनुसन्धानमा अनिताको हत्यामा देवर विनोदनमा संलग्न देखिएको छ । थप अनुसन्धानपछि अरू पनि खुल्न सक्नेछ ।’ अनिताको बेचनसँग करिब दुई वर्षअघि विवाह भएको थियो । विवाह भएपछि भाउजू, दाजु, बुबासँग सामान्य विषयलाई लिएर विनोदले झगडा गर्दै आएका थिए । उनले यसअघि पनि बाबु र आमालाई पनि कुटपिट गर्ने गरेको थिए प्रहरीले जनाएको छ ।