कोरोनाबाट केडिया परिवारका दुई सदस्यको निधन

14
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना महामारीका कारण नेपालकै पुरानो औद्योगिक घराना ‘केडिया अर्गनाईजेशन्स’ ले परिवारका दर्ई सदस्य गुमाउन पुगेको छ ।

केडिया अर्गनाईजेशन्सका संचालक विश्वनाथ केडिया र छोरा प्रधुम्न केडियाको निधन भएको परिवारले जनाएको छ । ७२ वर्षका विश्वनाथ केडिया र २१ वर्षका प्रधुम्न केडियाको निधन भएसँगै केडिया परिवारले आफ्नो लागि यो इतिहासकै सबैभन्दा कहालीलाग्दो घटना सावित भएको जनाएको छ ।

त्यस्तै, आगामी दिनमा देश, समाज, परिवार, नातागोता, इष्ट्मित्र, आफन्तजन प्रति थप जिम्मेवारी बोध गरि अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै केडिया परिवारले दुखको प्रत्यक्ष ,अप्रत्यक्ष, विभिन्न माध्यमबाट साथ सहयोग गरेका सम्पूर्णलाई धन्यवादल दिएको छ ।