शंकर ग्रुप र इन्फिनिटी होल्डिङद्वारा साढे तीन करोडको स्वास्थ्य सामग्री प्रदान


काठमाडौं, नेस

कोभिड १९को संक्रमण र यसको प्रभाव बढेसँगै दुई व्यापारिक समूह शंकर ग्रुप र इन्फिनिटी होल्डिङले संयुक्त प्रयासमा सहयोगको श्रृंखला शुरु गरेका छन् । दुवै समूहले संयुक्तरुपमा हालसम्म साढे तीन करोड रुपियाँभन्दा बढीको स्वास्थ्य सामग्री, उपकरण र प्राविधिक सहयोग गरिसकेका छन्।

शंकर र इन्फिनिटीले काठमाडौंको वीर र सशस्त्र प्रहरी बल अस्पताल, रुपन्देही र सेती प्रादेशिक अस्पतालका लागि आवश्यक सहयोग अग्रंपक्तिमा खटिएका दुई समाजिक संस्थामार्फत् सामाग्री हस्तानान्तरण गरेका हुन् । शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल र इन्फिनिटी होल्डिङका अध्यक्ष दीपक भट्टले महामारीमा सहयोगको यो श्रृंखला निरन्तर सञ्चालन रहने बताउनुभएको छ । यो समूहका अनुसार केही दिनमै धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अत्याधुनिक तथा बहुउपयोगी अक्सिजन प्लान्ट जडानको तयारी भइरहेको छ । फ्रान्सबाट एयरलिफ्ट गर्न थालिएको नोभाएयर मेडिकल्स कम्पनीको अक्सिजनप्लान्टले ४५शैंयाँमा दैनिक सातसय लिटर अक्सिजन उत्पादन गर्नेछ।दुवै कम्पनीले पहिलोचरणमा वीर अस्पतालको नयाँ भवनमा ५०शैयाँका साथैत् यसका लागि आवश्यक म्याट्रेस, तन्ना, सिरानी र त्यसको खोललगायतका सामग्री हस्तानान्तरण गरेको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा आवश्यक अस्पताल तथा स्वास्थ्य संस्थाका लागि १००शैयाका साथै त्यसका लागि आवश्यक सामग्री हस्तानान्तरण गरिएकोछ।

कम्पनीले काठमाडौंमा सामाजिक संस्था हामी नेपाल र सुदूरपश्चिम प्रदेशमा ह्युम्यानिटी फाउण्डेशनमार्फत् सहयोग हस्तानान्तरण गर्दै आएकोछ। शंकर र इन्फिनिटीले चीनबाट मगाएका ५२० थान भल्भ्स र रेगुलेटरसहितका अक्सिजन सिलिन्डर सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र सशस्त्र प्रहरी अस्पताल बलम्बुलाई एकदुईदिनमै हस्तानान्तरण गर्दैछ । यस्तै रुपन्देहीमा अग्रपक्तिमा खटिएका ‘कोभिडवारियर’ का लागि ५० हजार मास्क उपलब्ध गराइएकोछ । यो समूहले सुदूरपश्चिम प्रदेशका लागि ३२० थान र एपीएफ अस्पताल तथा कर्णाली प्रदेशमा एक–एक सय थान सिलिन्डर हस्तानान्तरण गर्दैछ। यो समूहले सुदूरपश्चिम प्रदेशका लागि डेढलाख थान मास्क, २०० थान पीपीई सेट प्रदान गरिसकेकोछ । यसअघि उक्त समूहले वीर अस्पतालमा अंग्रपक्तिमा खटिएका स्वास्थ्यकर्मी र जोखिम मोलेर स्वयम् सेवामा खटिएका हामी नेपालका स्वयम् सेवकका लागि २५० वटा पीपीइ सेट, २०० फेससिल्ड र पाँचहजार मास्क दिएकोछ।