कोरोना संक्रमणबाट काठमाडौं परिसरका डीएसपी केसीको निधन


न्युज अफ नेपाल ,काठमाडौं ।

विश्वव्यापी फैलिएको कोरोना महामारीको कारण नेपाल प्रहरीका एक प्रहरी नायव उपरीक्षक डीएसपीले ज्यान गुमाएका छन् ।

कोरोना महामारीमा अग्रपंक्तिमा खटिएको नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार केसीको नेपाल प्रहरी अस्पताल महाराजगन्जमा गएराती निधन भएको हो ।

कोरोना संक्रमण देखिएपछि डीएसपी केसीलाई केही दिन अगाडी नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । डीएसपी केसी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए ।