सरकारले थप्यो ३० कोभिड अस्पताल


काठमाडौं, (नेस)

कोरोना संक्रमणको दर उच्च गतिमा बढेपछि सरकारले देशभरका ३० वटा अस्पताललाई कोभिड अस्पतालमा रूपान्तरण गर्न लागेको छ । कोरोना संक्रमितको संख्या बढ्दा अस्पतालमा बेड र अक्सिजनको अभाव भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरिका ३० वटा अस्पताललाई कोभिड अस्पताल बनाउन सम्झौता गरेको बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार विभिन्न अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालनसम्बन्धी सम्झौता गरेको सूचीमा प्रदेश नं १ मा नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, प्रदेश नं २ मा नेसनल मेडिकल कलेज वीरगन्ज, जानकी मेडिकल कलेज जनकपुरसँग सम्झौता गरेको छ ।त्यसै गरी, वागमती प्रदेशमा निजामती कर्मचारी अस्पताल मीनभवन, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स भरतपुर, नेपाल मेडिकल कलेज, नेसनल मेडिकल कलेज, जोरपाटी, पिपुल डेन्टल कलेज एन्ड डेन्टल हस्पिटल, बीपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल चितवन, काठमाडु नेसनल मेडिकल कलेज प्रालि घट्टेकुलो, महेन्द्र नारायणनिधि मेमोरियल हस्पिटल, वसुन्धरा, सुमित हस्पिटल, हेल्पिङह्यान्ड कम्युनिटी हस्पिटल चावहिल, नेपाल–भारत मैत्री हस्पिटल मित्रपार्क, बज्रवाराही चापागाउँ हस्पिटल, आनन्दवन हस्पिटल, ललितपुर, काठमाडौं विश्व विद्यालय मेडिकल साइन्स, काठमाडौं मेडिकल कलेज, सिनामंगल, मेडिकेयर हस्पिटल, चावहिलसहित १७ वटा अस्पतालसँग सम्झौता गरेको छ ।

गण्डकी प्रदेशमा गण्डकी मेडिकल कलेज पोखरा, मणिपाल कलेज अफ मेडिकल साइन्स पोखरा, त्यस्तै लुम्बिनी प्रदेशमा युनिभर्सल कलेज अफ मेडिकल साइन्स, रेसुङ्गा हस्पिटल गुल्मीलाई तोकेको छ ।त्यसै गरी सुदूरपश्चिममा नर्सिङ हस्पिटल एन्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेड, धनगढी, मैया मेट्रो हस्पिटल धनगढी, श्रीपदम हस्पिटल प्रालि अतरिया, कैलाली हस्पिटल प्रालि धनगढी, नवजीवन हस्पिटल प्रालि धनगढी र सुदूरपश्चिम सामुदायिक हस्पिटल, अत्तरियासहित ३० वटा अस्पतालसँग सम्झौता गरेको छ ।