पछिल्लो २४ घण्टामा २४६ को मृत्यु, ८१७३ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप २४६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पीसीआर विधिबाट ८०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको हो । त्यस्तै आज थप ७९८९ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।