गण्डकीमा मन्त्रिपरिषद विस्तार, ४ जना पुरानै मन्त्रीले लिए सपथ

0
Shares

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन्। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले चारजना मन्त्री नियुक्त गरेका छन् । बुधबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले चारैजनालाई सपथ खुवाएकी छन् ।

बुधबार दिउँसो साढे ३ बजे अर्थमन्त्री किरण गुरुङ, भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत, पर्यटन मन्त्रीमा विकास लम्साल, सामाजिक विकास मन्त्रीमा नरदेवी पुनले पद तथा गोपनियताको सपथ लिएका हुन् । २९ वैशाखमा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री गुरुङले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।