सुस्तामा सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएका युवकको मृत्यु


न्युज अफ नेपाल ,काठमाडौं ।

पश्चिम नवलपरासीको सुस्तास्थित भारतीय सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीकाे गोली लागेर एक युवकको मृत्यु भएको छ। सशस्त्र प्रहरीले चलाएको गोली लागेर प्रतापपुर गाउँपालिका वडा नम्बर ६ कठहवाका २२ वर्षीय अविनाश राजभरको मृत्यु भएको हो।

जिल्लाको प्रतापपुर गाउँपालिका ६ कंगली खोलास्थित सीमामा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले चलाएको गोली लागेर जिल्लाकै प्रतापपुर गाउँपालिका ६ कठहवाँ बस्ने २२ बर्षिय युवा अभिनास राजभरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

बुधबार बिहान सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका ‘वनकट्टी’बाट भारततर्फ जान लागेका स्थानीय युवालाई सशस्त्र प्रहरीले रोकेको थियो । त्यसपछि ५०र६० जना स्थानीय युवाले सशस्त्र प्रहरीमाथि ढुंगामुढा गरेपछि गोली चलाएको सशस्त्र प्रहरीको दावी छ ।

कोभिड–१९ को जोखिमका कारण रोकेर सोधपुछ गर्न खोज्दा गाउँलेको समूह आएर ढुंगामुढा गरेपछि आत्मरक्षाका लागि गोली चलाउनु परेको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर पश्चिम नवलपरासीले जनाएको छ ।