यस वर्ष सरकारले ८३० अर्ब खर्च ग-यो


काठमाडौं, नेस

संघीय सरकारले ८३० अर्ब ३४ करोड रुपियाँ खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ ३ गतेसम्म उक्त रकम खर्च गरेको हो ।

उक्त अवधिमा सरकारले ७६४ अर्ब ३८ करोड रुपियाँराजस्व संकलन गरेको छ । समीक्षा अवधिसम्म सरकारले ११२ दशमलव ५ अर्ब रुपियाँबराबरको आन्तरिक ऋण उठाएको छ । त्यस्तै यस अवधिमा शोधनान्तर ४२ अर्ब ५४ करोड रुपियाँले बचतमा रहेको छ । आर्थिक वर्ष २०७७-७८ मा कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेकोमा चैत मसान्तमा १० दशमलव ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै चैत मसान्तमा नेपाली रूपियाँ अमेरिकी डलरसँग शून्य दशमलव ५ प्रतिशतले अधिमूल्यन भई प्रतिअमेरिकी डलर खरिद विनिमयदर ११९ दशमलव ८० कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपियाँ अमेरिकी डलरसँग १० दशमलव २ प्रतिशतले अवमूल्यन भएको थियो ।