पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको निधन


न्युज अफ नेपाल ,काठमाडौं ।

नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन भएको छ ।उनको मंगलबार बेलुका महाराजगन्जस्थित घरमै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उनको आज बुधबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी गरिएको छ । नेपाल प्रहरीले उनको अन्त्येष्टि अगाडी अन्तिम सलामी दिनेछ ।नेपाल प्रहरीमा बोल्ड आईजीपीको रुपमा कहलिएका बराल २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक आईजीपी बनेका थिए ।