नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर एकजना गम्भीर घाइते


न्युज अफ नेपाल ,बुटवल ।

नवलपरासी पश्चिमको दक्षिणी सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको गोली लागेर एकजना गम्भीर घाइते भएका छन् ।सशस्त्र प्रहरीले चलाएको गोली लागेर प्रतापपुर गाउँपालिका वडा नं.६ कठहवाका २२ वर्षीय अविनाश राय घाइते भएका हुन् ।

बुधबार बिहान भारतीय सीमातर्फ जाँदै गरेका तीनजना नेपाली युवालाई रोक्न खोज्दा विवाद भएपछि प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् ।प्रहरीले गोली चलाएको घटनाले स्थानीयमा त्रास बढेको र सीमावर्ती नेपाल र भारत दुबैतर्फको अवस्था तनावपुर्ण बनेको स्थानीयको भनाइ छ ।