लमजुङ केन्द्रबिन्दू बनाएर ५.८ म्याग्नेच्युटको भूकम्प


न्युज अफ नेपाल , काठमाडौं ।

लमजुङको मर्स्याङ्दी गाउँपालिकाको केन्द्र भुलभुले केन्द्रबिन्दु  बनाएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको काठमाडौंसम्म धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो ।भूकम्प आएलगत्तै स्थानीय डरले भागाभाग गरेका थिए ।

फेरि पनि धक्का आउने आशंकामा कतिपय घर बाहिरै बसेको छन् । भूकम्पले माटोले बनेका पुराना घरहरु भत्किएका र चर्किएका छन् भने मानवीय क्षतिसमेत भएको छ ।