महन्थ र उपेन्द्रको वक्तव्य : तत्काल सरकारमा सहभागी नहुने, आफूले नेतृत्व पाए अघि बढ्ने


न्युज अफ नेपाल , काठमाडौं।

जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलवार संयुक्त वक्तव्य जारी गर्दै पार्टीलाई विधि पद्धति अनुसार अघि बढाउने बताएका छन् । त्यस्तै, विज्ञप्तिमार्फत जसपाले सरकारको नेतृत्वमा दावी गरेको छ ।

तत्काल जसपा सरकारमा नजाने तर आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आएमा वा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामा भने सहभागी हुने वक्तव्यमा उल्लेख छ । जसपाको कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बोलाउन महन्थ ठाकुर र उपेन्द्र यादव सहमत भएका छन् ।

राष्ट्रिय सहमतिको वा आफ्नो नेतृत्वमा सरकार बन्ने अवसर आएमा सरकार गठनमा अघि सर्ने अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति निकालेर जनाएका छन् ।